सन् २०२१ का विश्व चर्चित १० घटना

Breaknlinks
Breaknlinks

 म्यान्मार सैन्य जुन्ताद्वारा 'कू'

म्यान्मारको सेनाले जननिर्वाचित सरकारमाथि ‘कू’ गरी गत २ फेब्रुअरीमा देशलाई आफ्नो नियन्त्रणमा लिएको थियो। 

प्रजातान्त्रिक नेत्री आङ सान सुकीलगायतका उच्च नेतृत्वलाई पक्राउ गरी ‘सैन्य–जुन्ता’ले हालसम्म नजरबन्दमा राखेको छ। आम–चुनावलाई लिएर जनसरकार र सेनाबीच विवाद हुँदा स्वतन्त्र नागरिकले क्रूरता भोगिरहेका छन्।

सन् २०११ मा प्रजातान्त्रिक सुधारअघिसम्म बर्मा भनेर परिचित म्यान्मारमा सेनाले पटकपटक शासन गर्दै आएको छ। सुकी नेतृत्वको नेशनल लीग फर डेमोक्रेसी पार्टीले बहुमत प्राप्त पाएपछि धाँधली भएको सेनाकाे आरोप छ।

कमला ह्यारिस अमेरिकाको पहिलो महिला र अश्वेत उपराष्ट्रपति बनिन्

कमला ह्यारिसले पहिलो महिला, पहिलो अश्वेत र पहिलो एसियाली-अमेरिकी उपराष्ट्रपतिको रूपमा इतिहास रचेकी हुन्।

जो बाइडेनले ४६औं अमेरिकी राष्ट्रपति बन्नका लागि सपथ लिनुअघि नै उनले सपथ लिएकी हुन्।

सुश्री ह्यारिस, जो भारतीय-जमैकन विरासतकी हुन्, सुरुमा डेमोक्रेटिक उम्मेदवारको लागि दौडेकी थिइन्।

राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन

महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको ९९ वर्षको उमेरमा ९ अप्रिलमा निधन भएको थियो।

बेलायती इतिहासमा सबैभन्दा लामो समय सेवा गर्ने शाही पत्नी, एडिनबर्गको ड्यूकले ६ दशकभन्दा बढी शासनकालसम्म रानीको पक्षमा थियो।

चिनियाँ कम्युनिस्ट पार्टीको एक सय वर्ष 

चिनियाँ कम्युनिस्ट पार्टी जुलाईमा एक सयौँ वर्ष पुग्यो।

सन् १९४९ देखि चीनमा सत्ता सञ्चालन गरिरहेको यो पार्टीमा चिनियाँ राष्ट्रपति सी चिनफिङ थप बलियो बने।

पार्टी र देशको सर्वमान्य सर्वोच्च नेताका रूपमा स्थापित भएका सीले आउँदा वर्षमा चीनलाई कसरी अघि बढाउँछन् भन्ने कुराले पनि विश्वको राजनीति कतातिर मोडिन्छ भन्ने निर्क्यौल गर्नेछ। 

चिनियाँ कम्युनिस्ट पार्टी एक सय वर्ष पुगेको अवसरमा तियानमेन स्काएरमा ठूलो र्‍याली आयोजना गरिएको थियो। जहाँ सीसहित ७० हजार चिनियाँ उपस्थित भएका थिए।

एन्जेला मर्केल राजनीतिबाट सेवानिवृत्त 

एन्जेला मर्केल जर्मनीमा लामो समय सेवा गर्ने वरिष्ठ राजनीतिज्ञ हुन्। १६ वर्षे लामो कार्यकाल निर्विवाद रूपमा राजनीतिबाट विश्राम लिइन्।

मर्केलले आफ्नो १६ वर्ष चान्सलरको अवधिमा दुईवटा मुख्य उद्देश्य राखेका थिइन्। यूरोपमा जर्मनीको प्रभुत्व बढाउनु र यूरोपेली एकीकरणलाई मजबुत बनाउनु थियो।

डव्लुटिओमा पहिलो महिला महानिर्देशक 

विश्व व्यापार संगठन (डव्लुटिओ) मा डा. ओकोन्जो-इवेला महानिर्देशक पद धारण गर्ने पहिलो महिला बनेकी छिन्। १ मार्चमा पदभार ग्रहण गरेकी नाइजेरेली मुलकी ओकोन्जो-इवेला पहिलो अफ्रिकीसमेत हुन्।

वैज्ञानिकहरूले बृहस्पति भन्दा १० गुणा ठुलो ग्रह भेटे

वैज्ञानिकहरूले अत्यन्तै तातो ताराहरूको विशाल जोडीको परिक्रमा गरिरहेको एउटा विशाल ग्रह गत डिसेम्बरमा पत्ता लगाएका छन्।

पहिले यस्तो वातावरणमा ग्रहको अस्तित्व रहन अप्ठ्यारो ठानिएको थियो।

विज्ञान जर्नल नेचरमा बुधबार प्रकाशित एउटा अनुसन्धानात्मक लेखले 'बी सेन्तौरी (एबि)बी' वा 'बी सेन्तौरी बी' नामक ग्रहको खोजले खगोलविद्हरूबीच व्यापक रूपमा रहेको विश्वासलाई गलत साबित गरिदिएको बताएको छ। 

'अहिलेसम्म सूर्यको भन्दा तीन गुणा ठूलो तारा वरिपरि कुनै पनि ग्रहहरू भेटिएको थिएन,' यूरोपियन साउदर्न अब्जरभेटोरी लेखेको छ।

तालिबानद्वारा पत्रकार दानिश सिद्दिकी गोली हानेर हत्या

अफगानस्थित कान्दाहारको स्पिन बोल्दाक जिल्लामा अफगान–सेना र तालिबानबीच भएको झडपको कभरेज गर्ने क्रममा पुरस्कार विजेता पत्रकारको मृत्यु भएको थियो। 

पुलित्जर पुरस्कार विजेता भारतीय फोटो पत्रकार दानिश सिद्दिकी अफगानिस्तानमा तालिबानले 'क्रूरतापूर्वक हत्या' गरेको रिपोर्टहरूले प्रकाशित गरेको थियो।

तालिबानद्वारा अफगानिस्तान कब्जा

गत अगस्ट १५ मा तालिबानले अफगानिस्तान आफ्नो कब्जा लिएको थियो। अमेरिकाले आफ्ना सैनिक फिर्ता लाने निर्णय गरेसँगै तालिबानले अफगानिस्तानको शासन सत्ता आफ्नो हातमा लिएको हो।

लगत्तै राष्ट्रपति असरफ गनी देशै छाडेर भाग्न बाध्य भए र अहिले उनी स–परिवार यूएईको शरणमा छन्।

अमेरिकाले काबुल विमानस्थल नियन्त्रणमा लिएर नागरिक उद्धार गरिरहेकै बेला विमानस्थल बाहिर इस्लामिक स्टेटको अफगानिस्तान शाखा आईएस–के ले आत्मघाती विस्फोट गराउँदा १७० जनाको मृत्यु भयो।

युद्धमा इथियोपिया

अफ्रिकाको १० औँ ठूलो देश इथियोपिया गृहयुद्धमा फसेको छ।

इथियोपियाको केन्द्रीय फौजले टीपीएलएफविरुद्धको लडाइँ सजिलै जित्नेवाला छैन। इथियोपियाको राजधानी एडिस अब्बातर्फको ‘सप्लाई रुट’ बन्द गरिदिने धम्की दिएको छ। र त्यही योजनामा अघि बढिरहेको छ।

प्रकाशित मिति: : 2022-01-01 18:33:00

प्रतिकृया दिनुहोस्