भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिँदा १५ जनाको मृत्यु भएको छ।
गएराति भएको भागदौडमा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन्।
मंगलबारदेखि सुरू भएको शाही स्नानका लागि करोडौं मानिसहरू त्रिवेणी संगममा उपस्थित भएका थिए।
बुधबार बिहानै मौनी अमावस्याको अवसरमा गंगा स्नान गर्नका लागि मंगलबार राति नै मानिसहरूको भिड लागेको थियो।
त्यसक्रममा भागदौड मच्चिँदा मानिसहरूको मृत्यु भएको भारतीय अखबर द हिन्दुस्तान टाइम्सले जनाएको छ।