तालिवान सरकारका शिक्षामन्त्री भन्छन्ः महिला र पुरषलाई सँगै राखेर पढाउन मिल्दैन्

Photo: Aamir Qureshi/AFP
Photo: Aamir Qureshi/AFP

अफगानिस्तानका शिक्षामन्त्री अब्दुल बाक्की हक्कानीले सहशिक्षा मुस्लिमहरुको मुल्य र मान्यता विपरित भएको बताएका छन्। आफूहरु महिला शिक्षाको विरोधी नभएको तर महिला र पुरुषलाई सँगै पढाउने कार्य आफूहरुलाई मान्य नभएको बताएका छन्। 

‘हामीले मुस्लिम वातावरण कायम गर्ने विषयमा तयारी गरिरहेका छौ, जहाँ महिलाले पनि पढ्न सक्नेछन्। महिलाहरुले अलग्गै पढ्ने व्यवस्था गर्न केही समय लाग्नेछ,’ उनले भने। तर, छात्राहरुलाई कहिलेदेखि फेरि विद्यालय पठाइन्छ भन्ने विषयमा भने उनले केही खुलाएका छैनन्।

गत १५ अगस्टमा तालिवानले सत्ता कब्जा गरेपछि छात्राहरुलाई विद्यालय र कलेज पढ्न प्रतिबन्ध लगाइएको छ। त्यस्तै, महिलाहरुका विभिन्न हक अधिकार खोसिएका छन्। तालिवानको निर्णयप्रति ह्युमन राइट्स वाचकी हिदर बारले आपत्ती जनाएकी छिन्। ‘तालिवानले नयाँ आदेशले महिलालाई कैदी बनाउने निश्चित छ,’ उनले भनिन्। 

यसैबीच, लामो दुरीको यात्रा गर्न चाहने महिलाले आफूसँगै नजिकको पुरुष नोतादार हुनुपर्ने तालिवानले जनाएको छ। पुरुष आफन्तविना टाढा यात्रा गर्ने महिलालाई गाडीमा नचढाउन तालिवानले यातायात व्यवसायीलाई निर्देशन दिएको छ। 

एजेन्सी

प्रकाशित मिति: : 2021-12-27 09:21:00

प्रतिकृया दिनुहोस्