उत्तर कोरियामा हास्नु, मदिरा पिउनु र शपिङ गर्न नपाउने !

उत्तर कोरियामा ११ दिनका लागि हास्नु, मदिरा पिउनु र शपिङ गर्नुमा रोक लगाइएको छ।

तानाशाह किम जोङको पिताको १० औं पुण्यतिथि कारण उक्त रोक लगाइएको हो। 

किमले शुक्रवार एक सन्देश जारी गर्दै ११ दिनसम्म राष्ट्रिय शोकको पनि घोषणा गरेका छन्। 

रेडियो फ्री एशियाले देशको सीमा क्षेत्रमा उपस्थित सिनुइजु शहर निवासीहरूलाई उधृत गर्दै भनेको छ, ‘मानिस दैनिक रूपमा आवश्यक सामान किन्न घरदेखि बाहिर जान सक्दैनन्। विगतमा उक्त नियमहरू उल्लंघन गर्ने मानिसलाई पक्राउ गरिन्थ्यो र फेरि अपराधिहरू सरह राखिने गरिन्थ्यो। यीमध्ये धेरै मानिसलाई फेरि कहिल्यै देखिएन। प्रत्येक वर्ष १० दिनको शोक मनाउने गरिन्थ्यो, तर यो वर्ष ११ दिन शोक पालन गरिने छ।’


a

प्रकाशित मिति: : 2021-12-25 11:37:00

प्रतिकृया दिनुहोस्