अमेरिकी प्रजनन क्षमतामा ह्रास : जनसंख्या वृद्धिदर ओर्लेर ०.१३ प्रतिशत

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकामा सन् २०२१ मा जम्मा तीन लाख ९२ हजार ६ सय ६५ मानिस थपिएका छन्। यो संख्या ०.१३ प्रतिशत मात्र हो। अमेरिकाको इतिहासमै यति थोरै जनसंख्या वृद्धि भएको यो पहिलोपटक भएको बताइएको छ। यो वृद्धिसँगै अमेरिकाको जनसंख्या  तीन करोड १८ लाख ९३ हजार सात सय ४५ पुगेको छ।

यस वर्ष अमेरिकाका ३२ राज्यमा झिनो संख्यामा जनसंख्या बढे पनि १८ राज्यमा घटेको छ। देशकै राजधानी रहेका वासिङ्टन डीसी पनि जनसंख्या घट्ने सूचीमा परेको छ।

विश्व महाशक्ति अमेरिकाको जनसंख्या वृद्धिदर घटेर ०.१३ प्रतिशतमा खुम्चिएको छ। सन् १९०० मा पहिलोपटक जनसंख्या अभिलेख राखेयताको १२० वर्षमा यो नै सबैभन्दा कम वृद्धिदर हो। यस वर्ष  तीन लाख ९२ हजार ६ सय ६५ मानिस बढ्दा अमेरिकाको जनसंख्या  ३३करोड १८ लाख ९३ हजार सात सय ४५ पुगेको छ। 

विश्व महाशक्ति अमेरिकाको जनसंख्या वृद्धिदर घटेर ०.१३ प्रतिशतमा खुम्चिएको छ। यस वर्ष  तीन लाख ९२ हजार ६ सय ६५ मानिस मात्र थपिए। बितेका १२० वर्षमा यो नै सबैभन्दा कम वृद्धिदर हो। 

केही वर्षयता अमेरिकाको जनसंख्या वृद्धिदर लगातार ओरालो लागिरहेको छ। अमेरिकीहरूको लाइफस्टाइलमा आएको नाटकीय परिवर्तन र प्रजनन क्षमतामा देखिएको ठूलो ह्रासका कारण यस्तो भएको विज्ञहहरू बताउँछन्। यस वर्ष यति धेरै घट्नुको मूल कारण चाँहि  आठ  लाखभन्दा बढी अमेरिकी कोभिड १९ बाट मर्नु नै हो।

कोरोना महामारीका कारण अमेरिकाको जनसंख्याबृद्धि दर १२० बर्ष यताकै कम भएको छ। रेकर्ड राखिएका कुनै पनि बर्षको तुलनामा सन् २०२१ मा अमेरिकाको जनसंख्या बृद्धिदर कम रहेको अमेरिकी जनगणना ब्यूरोले जनाएको छ।

प्रकाशित मिति: : 2021-12-23 04:17:00

प्रतिकृया दिनुहोस्