पाँचतले घरको छतबाट हाम फाल्दा मृत्यु

सांकेतिक फाेटाे
सांकेतिक फाेटाे

इलाम नगरपालिका- ८ को धोविधारा नजिकै एक महिलाले आफ्नै घरको छतबाट हाम फालेकी छिन्।

पाँचतले घरबाट हाम फालेकी ५२ वर्षीया कोकिला प्रधानकाे घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।

प्रधानले मंगलबार राति १० बजेतिर घरको छतबाट हाम फालेको र घरको तेस्रो तलामा बजारिएकाे प्रहरीले जानकारी दिएकाे छ। उनले छतको रेलिङमा चढेर हाम फालेको दाबी गरिएकाे छ।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ। 

प्रकाशित मिति: : 2021-12-22 08:55:00

प्रतिकृया दिनुहोस्