अफगानिस्तानबाट ११० हिन्दू र सिख भारत ल्याइए

बिएल संवाददाता

नयाँ दिल्ली
Photo - newsonair
Photo - newsonair

अफगानिस्तानबाट ११० हिन्दू र सिख भारत ल्याइएका छन्। उनीहरूलाई काबुलदेखि चार्टर फ्लाइटमा नयाँ दिल्ली पुर्याइएको छ।

इण्डियन वर्ल्ड फोरमका अध्यक्ष पुनीत सिंह चन्डोकले उनीहरू भारत फर्केको भिडियो सार्वजनिक गरेका छन्। उनीहरूसंगै एतिहासिक गुरूद्वाराहरू र मन्दिरहरूबाट गुरूग्रन्थ साहिब र हिन्दू धार्मिक ग्रन्थ पनि दिल्ली ल्याइयो।

यसमा काबुलस्थित पाँचौ शतिको अस्माई मन्दिरबाट ल्याइएको रामायण, महाभारत र गीता पनि सामेल छ। गुरूग्रन्थ साहिबलाई महावीर नगर स्थित गुरूद्वारा गुरू अर्जुन देव र हिन्दू धर्म ग्रन्थहरूलाई अस्माई मन्दिर फरीदाबाद लगिनेछ।

इण्डियन वर्ल्ड फोरम अनुसार सोबती फाउन्डेशनले अफगान नागरिकहरूको पुनर्वास गर्नेछ। गत साता सरकारले संसदमा भनेको थियो, 'अफगानिस्तानमा तालिबानको कब्जा भएदेखि ५६५ मानिसलाई भारत सरकारले त्यहाँबाट निकालिसकेको छ।'

प्रकाशित मिति: : 2021-12-19 11:54:00

प्रतिकृया दिनुहोस्