भीम रावलले भने- मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ

File Photo
File Photo

नेकपा एमालेका नेता भीम रावलले आफूलाई पार्टीले केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोप्रति आपत्ति जनाएका छन्।

नेता रावलले शनिबार सामाजिक सञ्जालमार्फत् लेख्दै आफूलाई नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक भएको बताएका हुन्।

उनले यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुने समेत उल्लेख गरेका छन्।

‘मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो। यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ, रावलले लेखेका छन्, ‘यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।’

एमालेको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको उम्मेदवार भएका डा रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए।

अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा रावलले रुचि नदेखाएपछि उनलाई सल्लाहकारमा राखिएको एमालेका महासचिव शङ्कर पोखरेलले बताएका थिए।



एमालेमा भीम रावलले पाए सल्लाहकारको जिम्मेवारी

प्रकाशित मिति: : 2021-12-18 13:52:00

प्रतिकृया दिनुहोस्