कांग्रेस महाधिवेशन: क्षेत्रीय समितिमा उम्मेदवारी दर्ता, समूहगत प्रतिस्पर्धा

नेपाली कांग्रेसकाे नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया शुरु भएकाे छ। दुई चरणमा हुने निर्वाचनअन्तर्गत  पहिलाे चरणमा निर्वाचन क्षेत्रस्तरीय समिति र प्रदेश प्रतिनिधि चयन हुनेछन्। शनिबार प्रदेश प्रतिनिधि र क्षेत्रीय समिति निर्वाचनका लागि मनाेनयन दर्ता भएकाे निर्वाचन अधिकृत खिलाराज श्रेष्ठले बताए। 

उनकाअनुसार प्रदेश निर्वाचन क्षेत्रीय समितिमा उम्मेदवारी दर्ता भइसकेकाे छ। क्षेत्र १ 'क' मा ४९ जनाले उम्मेदवारी दर्ता गरेका छन्  भने क्षेत्र १ 'ख' मा  ५० जनाले उम्मेदवारी दर्ता गरेका हुन्। संस्थापन समूह र काेइराला समूहबाट प्यानलै उम्मेदवारी दर्ता भएकाे, दाबी विराेध पनि नभएकाे र आइतबार निर्वाचन हुने श्रेष्ठले बताए। 

क्षेत्रीय समितिमा सभापतिसहित उपसभापति, सचिव र सहसचिव २/२ जना र १७ सदस्य तथा प्रदेश प्रतिनिधि निर्वाचित हुने व्यवस्था छ। दुवै समूहले समूहगत प्रतिस्पर्धा गर्ने अभ्यास थालेका छन्। जिल्ला तहमा पनि फरक फरक प्यालनकाे उम्मेदवारी दर्ता हुने नेताहरुले बताएका छन्। १ हजार ४४३ प्रतिनिधिले क्षेत्र, जिल्लाकाे समिति तथा प्रदेश र संघीय महाधिवेशनका लागि  १४ र १० जना प्रतिनिधि निर्वाचित गर्नेछ। दुवै समूहबीच तीव्र प्रतिस्पर्धा छ। 

प्रकाशित मिति: : 2021-11-21 08:50:00

प्रतिकृया दिनुहोस्