प्रदेश–१ को नाम 'लिम्बुवान' बाहेक कल्पना नगरियोस्– लिङ्देन

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संघीय लिम्बुवान मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले प्रदेश १ लाई पहिचानका आधारमा नाम राख्ने सहमति नगरेसम्म प्रदेशले नाम नपाउने बताएका छन्। उनले अन्य प्रदेशमा जस्तो सुटुक्कै नाम राख्ने कल्पना समेत नगर्न चेतावनी दिए।

संघीय लिम्बुवान मञ्च नेपाल झापाको छैटौ अधिवेशनलाई बिर्तामोडमा सम्बोधन गर्दै उनले आन्दोलनको मैदानबाट प्रदेशको नामाकरण हुने बताए। लिङ्देनले पहिचानको लागि जस्तोसुकै त्याग गर्न समेत तयार रहेको भन्दै उनले प्रदेशको नाममा कुनै किसिमको तलमाथि भए ठुलो क्षति हुने बताए।

‘प्रदेशको नाम लिम्बुवान हुनुपर्ने माग गर्दै आएका नेता लिङ्देनले पहिचान विरोधीहरुकै कारण अहिलेसम्म प्रदेशले नाम नपाएको उनको भनाइ थियो। पहिचानको आधारमा नाम राखेको भए अहिलेसम्म प्रदेश–१ भन्नुपर्ने थिएन,’ उनले थपे।

सभालाई सम्बोधन गर्दै भने, ‘खवरदार नामाकरणमा हामीलाई वाइपास गरियो भने टाउको फुटाउँछौं, चप्पलले हान्छौं।’ यसो भनेकै कारण पहिचान विरोधीहरु अघि नबढेको उनको जिकिर थियो। सबै लिम्बुवान नेता कार्यकर्ता र विधार्थीहरुको कारण लिम्बुवानको आन्दोलन विरुद्धको भ्रम तोडिएको उनको भनाइ छ।

प्रकाशित मिति: : 2021-11-19 09:50:00

प्रतिकृया दिनुहोस्