पूर्व महान्यायाधिवक्ता रमेश बडालकाे प्रश्न: गृहमन्त्री बालकृष्ण खाण कि चाेलेन्द्रशमशेर जबरा ?

File Photo
File Photo

पूर्व महान्यायाधिवक्ता रमेश बडालले गृहमन्त्री बालकृष्ण खाण कि प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबरा भन्ने प्रश्न गरेका छन्। उनले नेपाल बार एसोसिएशनका वकीलमाथि भएकाे प्रहरी दमनविरूद्ध यस्ताे प्रश्न उठाएका हुन्।

पूर्व महान्यायाधिवक्ता बडालले बिहीबार सामाजिक सञ्जाल मार्फत यस्ताे प्रतिक्रिया दिएका हुन्। उनले प्रहरीको परिचालन सर्वोच्च अदालतले गर्छ कि गृह मन्त्रालयले ? भन्ने प्रश्न गरेका छन्।

‘परमादेशपछि प्रहरीको परिचालन सर्वोच्च अदालतले गर्छ कि गृह मन्त्रालयले ?’, उनले फेसबुकमा  लेखेका छन्,‘यदि प्रहरी परिचालन गृह मन्त्रीले नभई अदालतले गर्ने भए अदालत कार्यपालिकामा परिणत भएको हो ?’

उनले वकीलमाथि भएकाे प्रहरी दमनमा गृहमन्त्री जिम्मेवारी हुनु पर्दैन ? भनेर प्रश्न गरेका छन्।

‘के गृहमन्त्री यसमा जिम्मेवारी हुनु पर्दैन ? हैन भने नालायक गृहमन्त्रीविरुद्ध परमादेशी वकिलहरु किन बाेल्दैनन ?’, उनले लेखेका छन्, ‘किन बार आफ्नो टाउकोमा लाठी बर्साउने सरकारविरुद्ध चु बाेल्दै सक्दैन ?’

उनले विषवृक्ष रोपेर स्वादिलो फलको आशा गर्न नहुने बताएका छन्। परदमादेश जारी गराई जननिर्वाचित सरकार अपदस्त गर्न उक्साउने काम आफैमा असंवैधानिक भएकाे र सेटिङ्गमा असंबैधानिक फैसला गर्ने प्रधानन्यायाधीश र न्यायाधीशको हर्कतले न्यायापालिका व्यारेकमा परिणत भएको बताएका छन्।

पूर्व महान्यायाधिवक्ता बडालले सेटिङ्गमा काम गर्ने प्रधानन्यायाधीश र न्यायाधीशविरुद्ध महाअभियोग लगाउन सबै दललाई आवह्वन समेत गरेका छन्। 

प्रकाशित मिति: : 2021-11-18 20:28:00

प्रतिकृया दिनुहोस्