बिएल संवाददाता
पार्टीबाट निष्कासित डा. भीम रावलको मातृभूमि जागरण अभियानमा लागेको भन्दै नेकपा एमालेले अछाम जिल्ला कमिटीका ६ जना नेतालाई कारबाही गरेको छ।
रावलले थालेको ‘मातृभूमि जागरण अभियान’को पक्षमा लागेर पार्टी हितविपरीत काम गरेको भन्दै जिल्ला कमिटीले उनीहरूलाई कारबाही गरेको जिल्ला अध्यक्ष चन्द्र बोहरा र सचिव भीमबहादुर रावलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
बुधबार जारी गरिएको विज्ञप्तिमा अछाम जिल्ला कमिटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य सागरसिंह बाब्ली, जिल्ला कमिटी सदस्य बलबहादुर कुँवर, शंकर भुल, रतन रावल र साँफेबगर नगर कमिटी अध्यक्ष ढकेन्द्र कुँवरलाई जिम्मेवारीबाट हटाएको उल्लेख छ।
उनीहरूले पार्टी केन्द्रीय अध्यक्ष केपी ओलीका विरुद्ध अलोकतान्त्रीक र अशोभनिय नारावाजी गरेको आरोप लगाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘पार्टीलाई कमजोर पार्न संचालन गरिएको मातृभुमी जागरण अभियान नेपाल नामक जुलुसमा समावेश भई पार्टी र सम्माननीय प्रधानमंत्री एवं पार्टी केन्द्रीय कमिटीका श्रद्धेय अध्यक्षका विरुद्ध अलोकतान्त्रीक र अशोभनिय नारावाजी गरिएको तथा पार्टीविरुद्धको जुलुसमा सक्रिय भूमिका खेलेको प्रष्टै देखिन्छ।’
उनीहरूले पार्टीका आधिकारिक व्यक्तिलाई कुनै जानकारी नदिई एमाले छोडेको भन्ने भ्रमपूर्ण समाचारलाई सामाजिक संजाल तथा सञ्चार माध्यमबाट सम्प्रेषण गरेको पनि आरोप लगाइएको छ।


न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया