छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ दिइयो [फाेटाे फिचर]

लोक आस्थाको पर्वको रूपमा प्रसिद्ध छठ पर्वको तेस्रो दिन बुधबार अस्ताउँदै गएको सूर्यदेवलाई अर्घ्य दिइएको छ। सोमबारदेखि विधिवत् रूपमा सुरु छठ पर्वको तेस्रो दिन ब्रतालुभक्तजनले नदी, तलाउ, पोखरी तथा जलाशयमा घण्टौं उभिएर सूर्यदेवलाई अर्घ्य दिएका हुन्।

छठ पर्वको अवसरमा काठमाडाैँका विभिन्न नदी तथा तलाउ लगायतका प्रमुख पोखरीमा निर्माण गरिएको घाटमा श्रद्धालुहरू जम्मा भई अर्घ्य दिएका हुन्।

छठ पर्व मनाउने महिला वा पुरुष व्रतालुले औँसी तिथिसँगै माछामासु वा मांसाहारी भोजन त्याग गर्छन्। तिहारको चौथौँ दिन नित्यकर्मपछि व्रतमा बस्नेहरू लसुन, प्याज, उसिनेको चामलको भात बाहेक शुद्ध शाकाहारी खाना, खीर दूध केरा खान्छन्। पञ्चमी तिथिमा दिनभरि निराहारपछि रातिमा गर्ने पूजा र फलाहारको यस दिनलाई खर्ना भनिन्छ। षष्ठीका दिन बर्त बसिन्छ र बर्त बस्नेहरूले अन्न र जल ग्रहण गर्दैनन्।

बिहानैदेखि स्वच्छपूर्वक छैठमा लागि भुस्वा, टकुवा, लड्डुलगायत परिकार तयार पार्छन्। ती सबै समानलाई बासको डालोमा राखी सूर्यास्त हुनुभन्दा अभावै कुनै जलाशय, नदी वा पोखरीमा छठ पूजा गर्छन्। करिब ४० घण्टासम्म भोकै बस्ने ब्रातालुले घण्टौसम्म पानीमा उभिएर अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अर्घ्य दिन्छ। 

केही दशकअघि नेपालको तराई र भारतका विहार, उत्तर प्रदेशलगायतका राज्यका मनाइने यो पर्व पछिल्लो समय काठमाडौंसहित नेपालका पहाडी जिल्लामा पनि मनाउन थालिएको छ।

छठमा प्राकृतिकका साथै एकता र अस्थाको पर्व भएकोले यसको लोकप्रियता दिनानुदिन बढ्दै गएको साहित्यकार उपेन्द्र भगत नागवंशी बताउँछन्।

प्रकाशित मिति: : 2021-11-10 18:25:00

प्रतिकृया दिनुहोस्