नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल डडेल्धुरा आएका छन्। जिल्लामा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्ने अध्यक्ष नेपाल बुधबार डडेल्धुरा आएका हुन्।
अध्यक्ष नेपालसँगै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र सुदूरपश्चिमका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारी, मन्त्री पूर्णा जोशीलगायतको सहभागिता थियो।