दुर्घटनामा तीनको मृत्यु

बेलचौरीमा भएको सबारी दुर्घटनामा परी ३ जनाको मृत्यु भएको छ।

केराबारी–९ बेलचौरीमा दक्षिणतर्फबाट आएको बा १० च ४३०० नम्बरको स्कार्पियो र को ४० प १७२७ नम्बरको पल्सर मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सबार ३ जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा लेटाङ–२ का ३० वर्षीय कमल कार्की, सोहि ठाउँ बस्ने ४५ वर्षीया सीता कार्की र पथरीका ५५ वर्षीय तीलकबहादुर सुबेदी रहेका छन्।

दुर्घटनामा कमल कार्की र सुबेदीको घटना स्थलमा र सीताको बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको लेटाङ–२ का वडाअध्यक्ष तेज प्रसाद तिम्सिनाले जानकारी दिएका छन्।

स्कार्पियोमा सबार यात्रुहरु सामान्य घाईते रहेको प्रहरीले जानकारी दिएको छ। स्कार्पियो चालकलाई पक्राउ गरी थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यलय बेलबारीका प्रहरी निरिक्षक सरोज खनालले जानकारी दिए।

मृतकका आफन्तले स्कार्पियो चालकलाई कारबाही र मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गरेका छन्।

आक्रोशित आफन्तहरूले स्कार्पियो तोडफोड गरेका छन्।

प्रकाशित मिति: : 2021-11-07 06:54:00

प्रतिकृया दिनुहोस्