दुई सातामा तेह्रथुम एमालेको ४३ वटै वडामा नयाँ नेतृत्व [नामावली सहित]

File Photo
File Photo

नेकपा एमाले तेह्रथुमले गत कार्तिक ६ गतेबाट सुरु गरेको वडा अधिवेशन बुधबार सम्पन्न भएको छ।

करिब दुई सातामा तेह्रथुमका ४३ वटै वडामा एमाले वडा कमिटीमा नयाँ नेतृत्व चयन भएको हो। एमालेले गत कात्तिक ६ गते देशभर वडा अधिवेशन गर्ने भने तापनि बाढीपहिरोका कारण वडा अधिवेशन एकै समयमा सम्पन्न गराउन नसकेको एमाले तेह्रथुमका सचिव शिव ढुङ्गानाले बताए। 

जिल्लाको ६ स्थानीय तह र ४३ वडा मध्ये दुई वटा वडामा निर्वाचनबाट नेतृत्व चयन भएको थियो। ४१ वडामा भने नेतृत्व सर्वसम्मत चयन भएको एमाले तेह्रथुमका प्रचार विभाग प्रमुख छत्र रिमालले जानकारी दिए। 

छथर गाउँपालिका ५ र आठराई गाउँपालिका ४ मा नेतृत्व चयनका लागी निर्वाचन भएको थियो। 

१. म्याङलुङ नगरपालिका 

वडा नम्बर १– घनेन्द्र सुवेदी 
वाड नम्बर २– बलदेव तुम्बाहाम्फे
वडा नम्बर ३– लेखनाथ तामाङ 
वडा नम्बर ४– गणेश  प्रसाद घिमिरे 
वाड नम्बर ५– जगत् बहादुर खजुम
वडा नम्बर ६– पहलमान तिम्सिना 
वडा नम्बर ७–  कन्ति बहादुर गुरुङ
वडा नम्बर ८– उत्तम सम्वाहाङफे 
वडा नम्बर ९– राम बहादुर लिम्बू
वाड नम्बर १०– गणेश सुबेदी

२. मेन्छ्यायेम गाउँपालिका 

वडा नम्बर १ पौठाक– डम्बर पन्दाक
वाड नम्बर २ पौठाक– चतुरसिंह लिम्बु
वडा नम्बर ३ श्रीजुङ– भीम बहादुर लिम्बू 
वडा नम्बर ४ श्रीजुङ– कवीन्द्र लिम्बू 
वडा नम्बर ५ मोराहाङ– दोजराज गौतम
वडा नम्बर ६ मोराहाङ– श्रीप्रसाद लिम्बू 

४. फेदाप गाउँपालिका तेह्रथुम

वाड नम्बर १ सिम्ले– मनबहादुर श्रेष्ठ
वाड नम्बर १ ओयाक्जुङ– बलबहादुर मादेम्बा
वडा नम्बर ३ जलजले– नगेन्द्र थापा 
वाड नम्बर ४ सम्दु–प्रियनारायण चोङवाङ
वडा नम्बर ५ ईसिवु– नरबहादुर लिम्बू 

५. आठराई गाउँपालिका तेह्रथुम  

वडा नम्बर १ सक्रान्ती– होमनाथ गौतम
वाड नम्बर२ खाम्लालुङ– मन्जिल कु. चोङवाङ
वाड नम्बर ३ ह्वाकु– भक्तबहादुर गुरुङ
वाड नम्बर ४ ईवा– राजमणि थपलिया 
वडा नम्बर ५ छातेढुङ्गा – मोती कन्दङवा 
वाड नम्बर ६ चुहानडाँडा– राजेन्द्र भट्टराई 
वाड नम्बर ७ थोक्लुङ – हरि प्रसाद पराजुली

६. छथर गाउँपालिका तेह्रथुम  

वडा नम्बर १ आङदिम– लाक्पा शेर्पा
वाड नम्बर २ हमरजुङ– मनबहादुर खड्का
वाड नम्बर ३ पञ्चकन्या– दुर्गाबहादुर सुब्बा
वाड नम्बर ४ फाक्चामारा– दिल थोक्लिङ लिम्बु
वडा नम्बर ५ ओख्रे– केदार बस्नेत
वडा नम्बर ६ सुदाप मुगाहाङ लिम्बु

७. लालीगुराँस  नगरपालिका 

वडा नम्बर १  वसन्तपुर क– दान ब. खड्का
वाड नम्बर २  वसन्तपुर क– हरि किराँत
वडा नम्बर ३  वसन्तपुर क–ज्ञानबहादुर खड्का
वडा नम्बर ४  फुलेक क–  प्रेम कुमार गौतम
वाड नम्बर ५ दाँगपा क– सबिन लिम्बु
वडा नम्बर ६ सुङनाम क– रनबहादुर लिम्बु
वडा नम्बर ७ सुङनाम  क– भीम ब. राना
वडा नम्बर ८ सोल्मा क- देवी बास्तोला
वाड नम्बर ९ सोल्मा क– युक्त सेनेहाङ

एमालेले पालिका अधिवेशन कात्तिक ९ गते देशभरका ७ सय ५३ पालिकामा गर्ने मिति तय गरेको थियो। तेह्रथुममा भने बाढीपहिरोका कारण वडा अधिवेशन सम्पन्न नभएकाले पालिका अधिवेशन स्थगित भएको छ। 

स्थगित भएको पालिकाका अधिवेशन कात्तिक २३ गतेबाट सुरु हुने एमाले तेह्रथुमले जनाएको छ। 

प्रकाश पाक्साँवा

प्रकाशित मिति: : 2021-11-04 19:38:00

प्रतिकृया दिनुहोस्