सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्ता गर्ने भएका छन्।
प्रधानन्यायाधीशको राजीनामाकाे माग गर्दै अघोषित इजलास बहिष्कार गरिरहेका न्यायाधीशहरुको आइतबार बसेको बैठकले जबरासँग वार्ता गर्ने निर्णय गरेको हो।
न्यायाधीशहरुले प्रधानन्यायाधीश जबरासँग वार्ताका लागि न्यायाधीश अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र डा. मनोजकुमार शर्मालाई जिम्मा दिएका छन्।
प्रधानन्यायाधीशसँग न्यायाधीशहरूको असन्तुष्टिका बुँदा पहिल्याएर तीनै बुँदाका आधारमा एक पटक वार्ता बस्ने निर्णय गरेका हुन्।
इजलास छाडेर न्यायाधीश छलफलमा जुटिरहँदा जबराले भने दुईवटा मुद्दामा सुनुवाइ गर्दै एउटामा अन्तरिम आदेशसमेत जारी गरेका छन्।
उता नेपाल बार एसोसिएसनले भने प्रधानन्यायाधीशको राजीनामा नआएसम्म उनका इजलास बहिष्कार गर्ने निर्णयसहित आजैबाट प्रर्दशन थालेको छ।