बिएल संवाददाता
नेपाली कांग्रेसका सांसद दीपक गिरीले गैरआवासीय नेपाली संघ(एनआरएन)हरूलाई निःशुल्क भिसा दिने प्रावधान गलत रहेको भन्दै सरकारले त्यसलाई सच्याउनुपर्ने बताएका छन्।
राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य पनि रहेका गिरीले नेपालको संविधानले नै एनआरएन नागरिकता सुनिश्चित गरिसकेपछि एनआरएनहरूलाई आफ्नै मातृभूमि आउँदा भिसा लगाउनुपर्ने प्रावधान संविधानको मर्म विपरित रहेको बताएका हुन्। उनले त्यस्तो प्रावधान संशोधन गर्नुपर्ने पनि जनाए।
संसारभर रहेका एनआरएनए नेताहरूले सरकारद्वारा हालै जारी अध्यादेशमा गैरआवासीय संघले नेपाली नागरिकता लिइसकेका एनआरएनहरूलाई १० वर्ष निःशुल्क भिसा दिने प्रावधानको विरोध गरिरहेका छन्।
एक प्रश्नको जवाफमा पूर्वमन्त्री गिरीले सरकारको काम सुस्त रहेको बताए। यद्यपि उनले सरकारलाई काम गर्न दिनुपर्ने जनाउँदै पटक पटक सरकार बदल्दा देशमा राजनीतिक अस्थिरता हुने पनि जनाए।
उनले रवि लामिछानेको बारेमा अदालतमा मुद्दा विचाराधीन रहेकाले थप टिप्पणी गर्न नचाहेको बताए। ‘सबै सहकारी पीडितहरूले न्याय पाउनु पर्छ। उनीहरूले आफुले बचत गरेको रकम फिर्ता पाउनुपर्छ। यसमा सरकारले खुट्टा कमाउनु हुँदैन। जुनसुकै पार्टीको भए पनि छुट पाउनु हुँदैन,’ गिरीले भने।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया