आइतबार, १३ सेप्टेम्बर २०२६

‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

असोज २ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक गरिएको छ।

सार्वजनिक ट्रेलरमा दाजुभाइ, देउरानी जेठानीको झगडा, आमाको ममता, सन्तानको प्रेम र आमा खोज्ने विषयलाई प्रस्तुत गरिएको छ। ट्रेलर हेरेपछि फिल्म हेर्नका लागि दर्शकको उत्सुकता अझै बढ्ने निश्चित छ।

कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको व्यानरमा निर्माण भएको यो फिल्ममा ज्ञानेन्द्र देउजाको निर्देशन, सुलभ प्रतिक देउजा र समीक्षा देउजाको लगानी छ।

रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा फिल्मका सहनिर्माता हुन्। विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको फिल्ममा मित्र डी गुरुङको सम्पादन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन छ। फिल्मका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।

फिल्ममा केकी र आँचलको साथमा महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाल लगायतका कलाकारहरुको अभिनय छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको फिल्ममा गोविन्दु फुयाँल र शिशिर चालिसेको लेखन छ। फिल्मको टिजरले दर्शकको ध्यान तानिसकेको छ।

यो फिल्ममा समावेश ‘जेठानी भर्सेस देउरानी’ बोलको तीज ब्याटल गीत युट्युब र टिकटकमा भाइरल छ। यो गीतले छोटो समयमा नै ३७ लाख भन्दा बढी भ्यूज पाइसकेको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!