एमाले उपाध्यक्ष भीम रावलले विवाद समाधान कार्यदलबाट राजीनामा दिनुका १० कारण (पूर्णपाठ)

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमाले १०बुँदे सहमति कार्यान्वयन कार्यदलका संयोजक डा भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे लिखित राजीनामा बुझाएका छन्।

सहमति कार्यान्वयनमा नेतृत्वले उदासिनता देखाएकोमा असन्तुष्टि जनाउँदै ८ कात्तिकको स्थायी कमिटी बैठकमा राजीनामाको घोषणा गरेका रावलले आइतबार लिखित राजीनामा बुझाएका हुन्।

‘दशबुँदे सहमतिको कार्यान्वनय गर्दै पार्टी एकता कायम गर्नको लागि केन्द्रीय कमिटीमा दुईजना अध्यक्षको व्यवस्था गर्ने सहमतिसमेत भएको थियो,’ रावलको पत्रमा उल्लेख छ, ‘यस विषयमा पार्टी अध्यक्ष र वरिष्ठ नेताका बीच कुराकानी हुनुका साथै साउन ६ गते अध्यक्षको निवास वालकोटमा पार्टी अध्यक्ष स्वयम्, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटीका सदस्य सुवास नेम्वाङ र मसमेतको उपस्थितिमा वरिष्ठ नेता माधवकुमार नेपाल केन्द्रीय कमिटीको अर्को अध्यक्षको रूपमा रहने व्यवस्था गर्ने सहमति भएको थियो।’

उनले पत्रमा हालसम्म पनि सुदूरपश्चिम प्रदेशमा १० बुँदे कार्यान्वयन नभएको उल्लेख गरेका छन्।

‘हालसम्म पनि सुदूरपश्चिम प्रदेशमा अपानी-१२ को कार्यान्वयन भएको छैन,’ रावलको भनाइ छ, ‘एक नम्बर प्रदेशका ताप्जेजुङ, सुनसरी, दुई नम्बर प्रदेशका सर्लाही र बारा, वागमती प्रदेशका चितवन तथा काठमाडौं महानगरपालिका अन्तर्गत कीर्तिपुर नगर कमिटी लगायतका स्थान, नेपाल उत्पीडित जातीय मुक्ति समाज लगायतका जनसंगठनहरूमा अपानी-१२ को कार्यान्वयनमा समस्या उत्पन्न भएको भनी कहींबाट मौखिक र कहीँबाट लिखित गुनासा प्राप्त भएका छन्।’

यस्तो छ पूर्णपाठ:

प्रकाशित मिति: : 2021-10-31 13:05:00

प्रतिकृया दिनुहोस्