एमाले र माओवादीबीच 'लाेगाे' विवाद: आखिर कसकाे हाे हँसिया-हतौडा ?

Breaknlinks
Breaknlinks

नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन सम्पन्न भइसकेको छ।

महाधिवेशन ललितपुरको गोदावारीस्थित सनराइज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गत शुक्रबारदेखि आइतबारसम्म चलेकाे थियाे।

उक्त प्रथम विधान महाधिवेशनबाट एमालेले सूर्य चिह्नभित्र सुनौलो रङको हँसिया हतौडा राखेर पार्टीको लोगोसमेत परिमार्जित गरेको छ।

तर उक्त चिन्ह भने आधिकारिक रुपमा आफूहरुको भएको भन्दै माओवादी केन्द्रले आपत्ती जनाएको छ। साथै, एमालले जानी-जानी पार्टीको चिन्ह आफूहरुको चिन्हसँग जुधाएको भन्दै माओवादीले कानूनी उपचारमा जानेसमेत निर्णय गरेको हो।

यसैबीच एमालेले पनि हँसिया हथौडा सबै कम्युनिष्टको साझा चिह्न भएकाले कानूनी दावी नलाग्ने स्पष्ट पारेको छ।

एमालेकै एक नेताले बिएल नेपाली सेवालाई दिएको जानकारी अनुसार सूर्यभित्र फरक रङमा हँसिया हथौडा राखेकाले दावीको कुनै अर्थ हुनेछैन। 

प्रकाशित मिति: : 2021-10-07 12:18:00

प्रतिकृया दिनुहोस्