प्रधानन्यायाधीश जबराले भने- मन्त्रीको कोटा मागेको कुरामा कुनै सत्यता छैन

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सरकारसँग आफूले मन्त्रीको कोटा मागेको कुरामा कुनै सत्यता नरहेको बताएका छन्।

सर्वोच्च बार एसोसिएसनका पदाधिकारीहरुसँग सोमबार बिहान भएको भेटमा प्रधानन्याधीश जबराले यस्ता हल्लामा कुनै सत्यता नरहेको भन्दै त्यसको खण्डन गर्ने बताए।

प्रधानन्यायाधीशले पनि सरकारमा आफ्नो तर्फबाट मन्त्री मागेको समाचार बाहिरिएपछि सर्वोच्च बारका पदाधिकारीहरुले प्रधानन्यायाधीशसँग छलफल गरेका थिए।



सर्वोच्च बारले भन्याे- न्यायालयमा भागवण्डाको राजनीति स्वीकार्य हुँदैन

भेटमा मन्त्रिमण्डलमा भागवण्डाबारे जिज्ञासा राखेको सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले बताए।

'उहाँले मैले यस्तो काम गरेको छैन। अहिलेसम्म संविधान र न्यायापालिकाको मैले बचाउ नै गरेको हो। यसमा असर पर्ने कामहरु गरेको छैन। मन्त्रिमण्डलमा को राख्ने नराख्ने प्रधानमन्त्रीको जिम्मेवारीको कुरा हो। मेरो कुनै भूमिका हुँदैन। मैले केही भनेको पनि छैन,' प्रधानन्यायाधीश जबराको भनाइ उद्धृत गर्दै शाक्यले भने।

आफूहरुले त्यहीँ किसिमको स्टेटमेन्ट आउनुपर्ने सुझाव दिएको शाक्यले बताए। 'औपचारिक वक्तव्य आएपछि हामी थप अगाडि बढ्छौं,' उनले भने।  

प्रकाशित मिति: : 2021-10-04 12:25:00

प्रतिकृया दिनुहोस्