बुटवलमा दशौँ महाधिवेशन गरी नेतृत्व चयन गर्ने घोषणा गर्दै सकियो एमाले विधान महाधिवेशन

आगामी मंसिर दोस्रो साता बुटवलमा पार्टीको दशौं महाधिवेशन गर्ने घोषणा गर्दै एमालेको पहिलो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सकिएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन समापन गर्दै उक्त घोषणा गरेका हुन्।

महाधिवेशनले राजनीतिक, विधान संशोधन र सांगठनिक गरी तीनवटा प्रस्ताव पारित गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा तीनै तहमा जित्नेगरी पार्टी काममा लाग्न निर्देशन दिए।



एमालेमा थपियो वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद 

एमालेमा १५ सदस्यीय पदाधिकारी रहने 



समापन गर्दै अध्यक्ष ओलीले भने, ‘आगामी निर्वाचनबाट एमालेको बहुमतको सरकार बनाउनुपर्छ। स्थानीय तहमा पनि बहुमत ल्याउनुपर्छ। प्रदेश र संघमा पनि हामी बहुमतसहित सरकारमा फर्किनुपर्छ।’

त्यसअघि महाधिवेशनमा पेश भएका तीनवटै प्रस्तावमाथि १० समूहमा प्रतिनिधिहरूले छलफल भएको थियो। छलफलमा आएका सुझावमाथि ओली लगायतका नेताहरूले जवाफ दिएका थिए।

विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको छ। महाधिवेशनमा देशभरबाट करिब ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए।



ओलीकाे आह्वान: माधव नेपालसँग गएकालाई फर्काउने पहल थाल्नू

एमाले विधान महाधिवेशनः आज अन्तिम दिन ओलीले जवाफ दिँदै



समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सहभागी प्रतिनिधिहरूलाई धन्यवाद दिँदै अत्यन्तै सफलतापूर्वक र सानदार ढंगले महाधिवेशन सम्पन्न भएकोमा खुसी व्यक्त गरे। उनले महाधिवेशनका काम कर्तव्य पुरा भएको भन्दै आन्दोलनलाई बलियो बनाउन नयाँ अठोट र संकल्पका साथ अघि बढ्न बाटो खुलेको बताए।

प्रकाशित मिति: : 2021-10-03 19:20:00

प्रतिकृया दिनुहोस्