विधान महाधिवेशनमा एमाले अध्यक्ष ओलीको सम्बोधन (पूर्णपाठ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जारी विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

ललितपुरको गोदावरीमा शुक्रबारबाट शुरु भएको महाधिवेशनमा ओलीले ४४ पृष्ठ लामो प्रतिवेदन पेश गरेका हुन्।

प्रतिवेदनमा ओलीले पार्टी विभाजनको दोष नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमाथि थोपरेका छन् भने आफ्नो बचाउ गरेका छन्।

उनले एमाले विभाजनका प्रयास रोक्न आफू हदैसम्म लचिलो बनेको बताएका छन्।

प्रतिवेदन पेस गर्दै उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र अदालतको आलोचना समेत गरेका छन्।

प्रकाशित मिति: : 2021-10-01 16:54:00

प्रतिकृया दिनुहोस्