संविधान जारी हुन नदिन विभिन्न चलखेल भए, तर त्यसलाई बेवास्ता गर्‍यौँ: केपी ओली

एमाले अध्यक्ष केपी ओलीले संविधान जारी हुनबाट रोक्न विभिन्न चलखेल भएको स्मरण गराएका छन्।

पार्टीको पहिलो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष ओलीले विभिन्न विषय झिकेर संविधान जारी हुनबाट रोक्न आन्दोलन भएका स्मरण गराएका हुन्।

‘संविधान जारी हुनबाट रोक्न बाह्य हस्तक्षेप भित्र्याइयो। प्रायोजित आन्दोलन भए’, उनले भने, ‘तर, त्यसलाई बेवास्ता गर्दै हामीहरूले संविधानसभाबाट संविधान जारी गर्‍यौँ।’

संविधान जारी हुन नदिन विभिन्न शक्ति समूहहरूको चलखेल भएका उनको भनाइ छ।

उनले संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीको डटेर सामना गरेको भन्दै त्यसबेला काँग्रेस लगायतका दलहरुले नाकाबन्दीलाई नाकाबन्दी नै भन्न नसकेको समेत आरोप लगाए।

विभिन्न आरोह अवरोह सहेर एमाले पार्टी यहाँसम्म आएको बताए।

प्रकाशित मिति: : 2021-10-01 15:12:00

प्रतिकृया दिनुहोस्