एमाले विधान महाधिवेशन: उपमहासचिव पद खारेज

नेकपा एमालेले उपमहासचिव पद नै खारेज गरेको छ।

गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जारी प्रथम विधान महाधिवेशनबाट जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमा उपमहासचिव पद खारेज गरिएको हो।

नयाँ व्यवस्थाअनुसार अब उपमहासचिव पद रहने छैन भने उपाध्यक्ष ५ जना र सचिव ६ जना रहनेछन्।

बाधा अड्काउ फुकाउ आदेशलाई विधान महाधिवेशनले अनुमोदन गरेको छ।

प्रकाशित मिति: : 2021-10-01 14:12:00

प्रतिकृया दिनुहोस्