नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनलाई थप उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बुधबार बिहान बैंकक लैजान लागिएको पारिवारिक स्रोतले जनाएको छ।
जन्डिसका कारण राजधानीको सुमेरु अस्पतालमा दुई दिनदेखि उपरचाररत पुनलाई अध्यक्ष पुष्पकमल दाहालको सल्लाहअनुसार थप उपचारका लागि बैंकक लैजान लागिएको बताइएको छ।
उनी जण्डिस रोगबाट पीडित छन्। यसअघि पनि उनको उपचार बैंककमै गरिएको थियो। जण्डिसको मात्रा नघटेकाले पुनलाई बैंकक गएर थप उपचार गर्न दाहालले साेमबार सुझाव दिएका थिए।