राष्ट्रपतिद्वारा दल विभाजनसम्बन्धी अध्यादेश खारेज, मन्त्रिपरिषद् विस्तारकाे बाटाे खुल्याे

सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेश खारेज भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अध्यादेश खारेज गरकी हुन्।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न सरकारले ल्याएको अध्यादेश मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले खारेज गरेकी हुन्।

यससँगै मन्त्रिपरिषद् विस्तारको बाटो खुलेको छ।

सरकार गठन भएको ढाइ महिनासम्म पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका थिएनन्। अब भने केही दिनमै मन्त्रिपरिषद्ले पूर्णता पाउने संकेत देखिएको छ।

नेकपा (एस)का अध्यक्ष माधव नेपालले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाइसकेका छन्। 

प्रकाशित मिति: : 2021-09-27 21:05:00

प्रतिकृया दिनुहोस्