प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, अध्यादेश फिर्ता लिने तयारी

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन्। सोमबार अपराह्न चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको बालुवाटार स्रोतले जनाएको छ।

बालुवाटार स्रोतका अनुसार बैठकबाट ‘राजनीतिक दलसम्बन्धी अध्यादेश, २०७८’ फिर्ता गर्ने तयारी भइरहेको छ।

अध्यादेश फिर्ता लिएर मात्रै मन्त्रिपरिषद विस्तार गर्ने सहमति सत्तारुढ गठबन्धनमा भइसकेको छ। सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार सोमबार बस्ने मन्त्रिपरिषद बैठकले अध्यादेश फिर्ता लिने निर्णय गर्ने स्रोतले बताएको छ।

अध्यादेश फिर्ता नलिइ मन्त्रिपरिषद् विस्तार गर्दा जसपा पुनः विभाजित हुने सम्भावना बढेपछि अध्यादेश फिर्ता लिन लागिएको हो।

प्रकाशित मिति: : 2021-09-27 12:08:00

प्रतिकृया दिनुहोस्