काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज पाङ्ग्रा नखुलेका कारण पुनः काठमाडौंमै अवतरण गरिएको छ।
सोमबार बिहान काठमाडौंबाट विराटनगरतर्फ उडेको जहाज प्राविधिक समस्याको कारण अवतरण गर्न नसक्दा आकाशमा दुई घण्टासम्म फन्को लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
बुद्ध एयरको जहाज अवतरणको तयारी गर्ने क्रममा दायाँतर्फको पाङ्ग्रा खुलेको थिएन। सबै उपाय अपनाउँदा पनि पाङ्ग्रा नखुलेपछि जहाजलाई काठमाडौं फर्काइएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ।
आकस्मिक अवतरणका लागि विमानस्थलमा दमकल, एम्बुलेन्स, सुरक्षाकर्मीसहितको उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको थियो।