समाज कल्याण परिषद्को पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन्।
परिषद्का पदाधिकारीहरुले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएको सचिव पुष्कर खातीले जानकारी दिए।
परिषद्का उपाध्यक्ष पद्मप्रसाद खतिवडा, सदस्य–सचिव पुस्कर खाती, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्यहरू नानीमाया नेपाल, गोविन्दबहादुर शाही, सुशील ज्ञवाली, ब्रह्मध्वज गुरुङ, मणिराम बन्जाडे र सञ्जयकुमार साहले राजीनामा दिएका हुन्।
परिषद्मा काम गर्ने वातावरण नभएको भन्दै सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन्।
सरकारले राजनीतिक प्रतिशोध राखेर अप्रत्यक्ष रूपमा राजीनामाका लागि दबाब दिएको पदाधिकारीहरूले आरोप लगाएका छन्।