गुल्मीः पहिरोमा पुरिएर एकै घरका तीन दिदीबहिनीको मृत्यु

File Photo
File Photo

गुल्मीमा मंगलबार राति अबिरल वर्षासँगै गएकाे पहिरोमा पुरिएर एकै घरका तीन दिदीबहिनीको मृत्यु भएको छ।

रेसुंगा नगरपालिका–८ मा माथिबाट आएको पहिरोमा परी तिलक परियारका छोरीहरू २१ वर्षकी भावना परियार र १४ वर्षका जुम्ल्याहा छोरी गंगा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। 

मध्यरातमा आएको पहिरोले घर पूर्दा सुतिरहेका उनीहरूकाे मृत्यु भएको हो। अर्को कोठामा सुतिरहेका तिलक, श्रीमती र अर्की छोरी भने सकुशल रहेकाे प्रहरीले जनाएको छ।

मृतकको शव गाउँले, नेपाली सेना र नेपाल प्रहरीले निकाली सकेकाे छ। पहिरोले तीन जना पुरिएको खबर पाएपछि २२ जनाप्रहरीकाे एक समूह घटनास्थल पुगेको छ।

प्रकाशित मिति: : 2021-09-22 07:41:00

प्रतिकृया दिनुहोस्