कमेडी च्याम्पियनको उपाधि ताप्लेजुङका भरतमणिलाई

रियालिटी सो 'कमेडी च्याम्पियन–२' को उपाधि भरतमणि पौडेलले जितेका छन्।

फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै ताप्लेजुङका भरतमणिले सिजन–२ को उपाधि जितेका हुन्। उनले २५ लाख र कार पुरस्कार पाउने छन्।

सिक्किमका विक्की फस्ट रनरअप र गोरखाका सन्तोष थापा भने तेस्रो बनेका छन्।

प्रतियोगिताको उपविजेता बनेका विक्कीले टिभिएस अपाचे बाइक र तेस्राे बनेका थापाले टिभिएस स्कुटर पुरस्कार पाउने छन्।

विजेतालाई वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ट्रफी र पुरस्कार वितरण गरे। 

संसरभरका दर्शकको मतदानको आधारमा विजेता चुनिएको थियो।

प्रकाशित मिति: : 2021-09-18 22:53:00

प्रतिकृया दिनुहोस्