एमाले सांसद पाण्डे र भट्टलाई माधव नेपालको पार्टी रोज्न दिने सर्वोच्चको अन्तरिम आदेश

फाइल तस्वीर
फाइल तस्वीर

सर्वोच्च अदालतले एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा आबद्ध हुने बाटो खोलिदिएको छ। पाण्डे समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका सम्धी हुन्।

प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रियसभा सदस्य भट्टको मागबमोजिम न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले नेकपा (एस) मा आबद्ध हुन पाउने हकमा कुनै असर पर्ने काम–कारबाही नगर्न विपक्षी निर्वाचन आयोगसमेतका नाममा अन्तरिम आदेश जारी गरेको हो।

आदेशमा माधव नेपालको दल दर्ता निवेदनमा हस्ताक्षर नभएका झलनाथ खनालले नयाँदिल्लीबाट सनाखत गराएको र सनाखतलाई मान्यता दिएको नजिर प्रस्तुत गर्दै दल दर्ता नहुँदै निवेदनसहित पाण्डे र भट्ट आयोगमा उपस्थित भएकाले उनीहरू पनि आबद्ध हुन पाउने आदेशमा उल्लेख छ।  

प्रकाशित मिति: : 2021-09-14 16:11:00

प्रतिकृया दिनुहोस्