बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपालकाे पर्यटन क्षेत्रकाे विकासमा टेवा पुर्याउने र युवाकाे जाेस जाँगरलाई उजार गर्ने बताएका छन्। साेमबार धरहरा परिसरमा एनपिएलकाे ट्रफी सार्वजनिक गर्दै लिग सञ्चालन हुन लागेकाे खुसी व्यक्त गरे।
उनले सम्बाेधनका क्रममा एक-एक मार्की खेलाडीकाे बखान गरे। त्यसक्रममा उनले सुदूरपश्चिम राेयल्सका मार्की दीपेन्द्रसिंह ऐरी आफ्नाे फेब्रेट (मन पर्ने) खेलाडी भएकाे बताए।
त्यस्तै उनले एनपिएलमा कुन टाेलीलाई समर्थन गर्ने भन्नेमा दुविधामा रहेकाे उल्लेख गरे। ‘आठ वटा टिममध्ये कसलाई सपाेर्ट गर्ने भन्नेमा म दुविधामा छु। प्रधानमन्त्री भएकाे हिसाबले यसलाई समर्थन गर्ने, उसलाई नगर्ने भन्ने हुँदैन। म अहिले सबैलाई समर्थन गर्छु, अनि जाे बितेता हुन्छ उसलाई बधाई दिन्छु। अहिलेलाई सबैलाई शुभकामना छ’, उनले भने।
उनले देशमा नराकात्मकतिर गइरहेकाे युवा पङ्तिलाई उत्साहतिर अगाडि बढाएकाे भन्दै खुसी व्यक्त गरे।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया