पैसाको लागि एमसीसी पास गर्नु हुन्न : विप्लव 

नेपाल कम्युुनिस्ट पार्टीका अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’ ले देशको विकासको लागि पैसा बाधक नभएको बताएका छन्।

सोमबार खुलामञ्चमा आयोजित विरोध सभामा सम्बोधन विप्लवले देश विकासको लागि पैसा बाधक नभएर सत्ता बाधक भएको बताएका हुन्।

‘कुनै पनि देश विकासको लागि पैसा बाधक हुँदैन्, बाधक त सत्ता हो,’ उनले भने, ‘जनता रहे भने  देश विकास गर्न सकिन्छ। देश विकास गर्ने जनताले हो, पैसाले हैन, त्यसैले पैसाको लागि एमसीसी पास गर्नु हुन्न।’

विकासको लागि एमसीसी आवश्यक नहुने भन्दै उनले देशमा भएको जनशक्ति परिचानल गरे मात्रै पुुग्ने धारणा व्यक्त गरेका छन्।

‘एमसीसी पास गरेर देश विकास हुन्छ भन्नु, दलालहरुकाे पैसा योजना हो’, विप्लवले भने,‘देश विकास लागि हामी काफी छौँ, कसैको पैसा चाहिएको छैन।’

उनले अबको देश बेचेर खान खोजेकाहरुकोविरुद्ध हुनुपर्ने समेत बताएका छन्। उनले एमसीसी नेपालको हितमा नभएको र यो जनताको दमनको लागि भएको बताएका छन्।

प्रकाशित मिति: : 2021-09-13 16:19:00

प्रतिकृया दिनुहोस्