प्रदेश–१: भीम आचार्य बने एमाले संसदीय दलको नेता, आजै मुख्यमन्त्रीको सपथ

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमाले प्रदेश नम्बर १ को संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन्।

विराटनगरको होटल एसियाटिकमा संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई आजै मुख्यमन्त्रीको सपथ गराउने तयारी गरिएको छ।

संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेरधन राई नेतृत्वको सरकार विघटन गरी सोही धारा अनुसार आचार्यको नेतृत्वमा पुनः एमालेको एकल सरकार गठन गर्ने तयारी भएको हो।

मुख्यमन्त्रीबाट शेरधन राईले प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीसमक्ष राजीनामा बुझाइसकेको बताइएको छ । आचार्यले आजै सानो आकारको मन्त्रीमण्डल विस्तारको तयारी गरेका छन्।

प्रकाशित मिति: : 2021-08-26 12:03:00

प्रतिकृया दिनुहोस्