सेवाग्राहीलाई कार्यालयमै बोलाएर अस्वभाविक रुपमा थुन्ने 'बाहुबली' मेयर

फाइल तस्वीर
फाइल तस्वीर

इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले कार्यालयमै सेवाग्राहीलाई थुनेका छन् । बुधबार मेयर चौधरीले कार्यालयमै एक सेवाग्राहीलाई बोलाएर अस्वभाविक रुपमा थुनेका हुन्।

इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर मेयर चौधरीले पैनीमाथि घर किन बनाएको भन्दै धम्कीपूर्ण शैलीमा थुनेका हुन्।

'मैले आफ्नो घर किन भत्काउने ? भनेर मेयरलाई प्रश्न गरेको हुँ’ पीडित ढकालले भने, ‘घर नभत्काउने भनेपछि नगर प्रहरीद्वारा अमानवीय व्यवहार देखाएर दुई घण्टासम्म थुनिएको छ।’

मेयर चौधरीले यसअघि पनि इटहरीका पत्रकारको नाक भाँचिदिन्छु भनेर सार्वजनिकरुपमै बोलेपछि चर्चामा आएका थिए।

प्रकाशित मिति: : 2021-08-12 11:07:00

प्रतिकृया दिनुहोस्