१३ हजार युवती कहाँ हराए ?

Breaknlinks
Breaknlinks

राप्ती नगरपालिका–३, प्रगतिनगरकी २३ वर्षीया सुजीता भण्डारी असार ११ गते बिहान करिब साढे ५ बजे घरबाट निस्किएकी थिइन्। नौ दिनपछि (असार २०) चितवनको ब्रम्हस्थानी सामुदायिक वनको झाडीमा क्षतविक्षत अवस्थामा शव फेला पर्‍याे।

सुजीता हराएलगत्तै परिवारले प्रहरीलाई खबर गर्‍याे। प्रहरीले चासोका साथ हेरेन। उनको शव झाडीमा भेटिएपछि अनुसन्धान सुरु गरेको प्रहरीलाई घटना सुल्झाउन हम्मे–हम्मे परेको छ। टाउकोदुखाइको विषय बनेको छ।



चार वर्ष ‘अफेयर’ चलाएर प्रेमिकालाई लुट्नु लुटे, अन्तिममा भारतीय नागरिकलाई सुम्पे

फेसबुकले झण्डै ‘डिभोर्स’ गरायो



घटना अनुसन्धानमा हेलचेक्रयाइँ गरेको भन्दै आफन्त र स्थानीयले आन्दोलन गरेर सडक तताउँदै आएका छन्। आफन्त र स्थानीयको राेहवरमा प्रहरीले शव उठाइ पोष्टमार्टम गरेको छ। 

पोष्टमार्टमा कुनै चोटपटक नभेटिएपछि आफैँ विष सेवन गरेर आत्महत्या गरहेको हो कि भन्ने आशंकामा भिसेरा परीक्षणको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ। भिसेरा परीक्षणको रिर्पोट भने आइसकेको छैन।

प्रहरीले घटनास्थलमा विषको बट्टा भेटिएकाे बताउँछ। आत्महत्या पो हो कि भन्ने शङ्का पैदा भएकाे उसकाे भनाइ छ। प्रहरीले सुजीताकाे मोबाइलबाट कल डिटेल निकालेर अनुसन्धान गरिरहेको छ। हत्या या आत्महत्या अहिलेसम्म पत्ता लागिसकेको छैन।



साइबर अपराधको मारमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्म

एक नाबालिकाको अभियुक्त पहिचान गर्ने यस्तो 'ट्रिक' : जसले प्रहरी नै चकित



चितवनकै पारिपट्टि गैँडाकोट नगरपालिका–४ की २१ बर्षीया बीना सापकोटा १२ दिनदेखि बेपत्ता छिन्। उनी असार १४ गतेदेखि हराएकी हुन्। अझै फेला परेकी छैनन्। उनी भरतपुर महानगरपालिकाको चौबीसकोठीबाट हराएकी थिइन्।

बीना आफ्ना प्रेमी (प्रवेश कँडेल)सँग आधा घण्टाभित्रै फर्किने बाँचासहित घरबाट निस्केकी थिइन्। 

प्रहरीले चितवनका विभिन्न ठाउँमा रहेका सीसीटीभीको भिडियो हेरेर अनुसन्धान गरेको छ तर अहिलेसम्म ‘क्लू’ पाउन सकेको छैन। उनका प्रेमी कँडेल अहिले प्रहरीको नियन्त्रणमा छन्।



दिपाश्रीलाई सुत्न नदिएका १४ वर्षीय ह्याकर: जो ९ कक्षामा पढ्छन् 

मलेसिया बसेर नेपालका युवतीलाई उनीहरूकै नाङ्गो फोटो पठाउने खजुमको साइबर आतङ्क 



गैँडाकोटस्थित जनक कलेजमा बीबीएस तेस्रो वर्षमा पढ्ने बीनाका प्रेमीको अर्की युवतीसँग सम्बन्ध रहेको जानकारी पाएर उक्त विषय मिलाउन भनी पिता जायश्वर सापकोटालाई जनाकारी गराएर घरबाट निस्केकी थिइन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार, उजुरी परेपछि प्रहरीले उनको ‘कल डिटेल’ मगाएको छ। अरु विभिन्न पक्षबाट अनुसन्धान गरिरहेको छ।

गैँडाकोट नगरपालिका–४ कै अर्की युवती– २१ वर्षीया पुनम घर्तीलाई हराएको १२ दिनपछि अर्थात असार २३ गते वडा प्रहरी कार्यालय, नारायणगढले फेला पारेको थियो।

वडा प्रहरी कार्यालयका अनुसार, नारायगढ शहीदचोकबाट भित्र रहेको पश्चिम चितवन जाने गाडीहरु चढ्ने बसपार्कमा युवतीलाई फेला पारेको प्रहरीले जनाएको छ।

पुनमका परिवारले युवती हराएको सूचना र फोटो वडा प्रहरी कार्यालय नारायणगढमा दिएका थिए। अहिले पुनमलाई प्रहरीले आफन्तको जिम्मा लगाइसकेको छ।

यी त गत तीन साताभित्र भएका चितवन क्षेत्रका तीन वटा प्रतिनिधिमूलक घटनाहरु मात्र हुन्। नेपालमा दैनिकजसो महिला, युवती र बालिका हराएका समाचार आइरहेका हुन्छन्। 

प्रहरीको तथ्याङ्कले पनि हराएका महिला तथा बालबालिकामध्ये निकै कम भेटिने गरेको देखाउँछ। प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार, पछिल्लो तीन वर्षमा २१ हजार सात सय १२ जना महिला तथा बालिका हराएका छन्। त्यसमध्ये नौ हजार पाँच सय २१ मात्र फेला परेका छन्।आर्थिक वर्ष २०७५/७६ मा महिला पाँच हजार आठ सय ५२ महिला र दुई हजार तीन सय ७१ बालिका गरी आठ हजार दुई सय २३ जना हराएका छन्।

तीमध्ये एक हजार पाँच सय पाँच महिला र बालिका एक हजार सात सय १५  गरी तीन हजार दुई सय २० जना मात्र फेला परेका छन्। 

आर्थिक बर्ष २०७६/०७७ मा ४ हजार ६२ महिला र १ हजार ८९८ बालिका गरि ५ हजार ९६० जना हराएको देखिन्छ। भने सोहि आर्थिक बर्षमा १ हजार ४६९ महिला र १ हजार ५२९ बालिका गरि २ हजार ९९८ जना मात्रै फेला परेका छन्। चालू आर्थिक बर्षमा ४ हजार ९२० महिला र २ हजार ६०९ बालिका गरि ७ हजार ५२९ हराएका मध्ये ३ हजार ३ सय ३ जना मात्रै फेला परेका छन्।

तीन वर्षको तथ्याङ्कलाई हेर्ने हो भने पनि ६० प्रतिशत भन्दै धेरै महिला र बालिका हराएको प्रहरीको तथ्याङ्कले देखाउँछ।

‘प्रेम–सम्बन्धले हराउँछन् युवती’

पछिल्लो समयमा हराएका अधिकांश युवतीहरु प्रेम–सम्बन्धका कारण घरबाट निस्कने गरेको र त्यसपछि परिवारले हराएको उजुरी दिनेगरेको प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरले बताए।

प्रवक्ता कुँवरले भने, ‘हराएका घटनाहरुमा कहिँ न कहिँ प्रेम सम्बन्धहरु देखिएका छन्। घरबाट निस्कने र विवाह गर्ने खालका घटनाहरु पनि देखिका छन्।



प्रेमीकै योजनामा २५ जना मिलेर सामूहिक बलात्कार

 

हेलिकोप्टरबाट भागेकी दक्षिण एसियाकै खुंखार अपराधी काइँली नेपाल प्रहरीको फन्दामा 



हराएका महिला तथा युवती प्रायःजसो केही समयपछि परिवारको सम्पर्क आउने तर प्रहरीलाई खबर गर्दा तथ्याङ्कमा नदेखिएको पनि प्रवक्ता कुँवरले बताए।

‘प्रेम–सम्बन्धका कारण विवाह गरेर प्रेमीसँग भाग्ने प्रहरीले खोज्दा फेला नपर्ने तर पछि परिवारको सम्पर्कमा आए पनि प्रहरीलाई खबर नगर्ने हुँदा तथ्याङ्क बढी नदेखिएको हो,’ कुँवरले भने, ‘हराएका मध्ये थोरै मात्र अपराधीको चङ्गुलमा परेको देखिन्छ।’

प्रहरी प्रधान कार्यालयले विभिन्न समयमा मातहतका कार्यालय अनुगमन गर्दा हराएका महिला बालबालिकाहरुको तथ्याङ्क फोन गरेर भए पनि राख्न निर्देशन दिँदै आएको छ तर प्रहरीकै तथ्याङ्क भने फरक छ। तथ्याङ्कले भने आधाभन्दा कम मात्र महिला तथा बालकालिका भेटिएको पाइन्छ।

प्रकाशित मिति: : 2021-07-15 19:15:00

प्रतिकृया दिनुहोस्