प्रेमीकै योजनामा २५ जना मिलेर सामूहिक बलात्कार

Photos Agency

भारतको हरियाणा राज्यस्थित पलवलमा एक साताअघि भएको सामूहिक बलात्कार घटनाका केही अभियुक्त पक्राउ परेका छन्।

हरियाणा प्रहरीका अनुसार, सामूहिक बलात्कारको शिकार भएकी पीडित युवतीले २० जनाभन्दा बढीविरूद्ध उजुरी दर्ता गराएकी थिइन्। 

युवतीको उजुरीलगत्तै हरियाणा प्रहरीले छानबीनमा तीब्रता दिएको छ। सामूहिक बलात्कारका मुख्य अभियुक्त पीडित युवतीका प्रेमी तथा फेसबुक–साथी ‘आकाश’ हुन्। 

युवतीले दिएको उजुरी अनुसार, ती युवतीलाई २५ जनाले सामूहिक बलात्कार गरेका थिए। घटनाका अभियुक्तमध्ये एक समुन्द्र सिंहलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ तथा अनुसन्धान अघि बढाएको छ।

युवतीका प्रेमी तथा घटनाका मुख्य आरोपी ‘आकाश’ यसअघि नै पक्राउ परिसकेका छन्। उनी प्रहरीको न्यायिक हिरासतमा छन्। 

फेसबुके प्रेमदेखि सामूहिक बलात्कारसम्म

वलात्कृत युवती आफ्नो भाइसँग राजधानी नयाँदिल्ली बस्दैआएकी थिइन्। युवतीको सम्पर्क फेसबुकमार्फत् पलवलस्थित रामगढ गाउँका युवक ‘आकाश’ सँग भएको थियो। 

केही महिनाको फेसबुके मित्रतापछि दुवै एकअर्कासँग आकर्षित भए र एकआपसमा प्रेम गर्न थाले। युवक प्रेमबाट बिहे गर्ने तहसम्मको फैसलामा पुगे। युवती पनि राजी भइन्। 

बलात्कारका मुख्य अभियुक्त ‘आकाश’ले युवतीलाई आफ्ना बुबाआमासँग भेट गर्ने बहानामा बोलाए । उनीले सहमतिले सहमति जनाइन्। 

युवती ‘आकाश’का बाबुआमा भेट्ने रहरसँगै हरियाणाको पलवल पुगिन् तर उनीले सपनामा पनि नचिताएको भइदियो। जसको भरोसामा उनी त्यहाँसम्म पुगेकी थिइन् उनै प्रेमी ‘आकाश’ले जङ्गलमा लगेर बलात्कार गरे।

आकाशले मात्रै लुटेन, उनका साथीहरूबाट समेत पटक–पटक सामूहिक बलात्कार भोग्नुप-यो। युवतीको अवस्था नाजुग भएपछि आकाशसहितको समूहले नयाँदिल्ली नजिकको सुनसान ठाउँमा लगेर छाडे। अनि सबै फरार भए।

युवतीको स्वास्थ्य अवस्था नाजुग भएको थियो। उनीहरूले बदरपुर सीमा क्षेत्र छेउमै छाडेर भागेको युवतीले पलवल प्रहरीलाई बताएकी छन्। उनले सकी–नसकी नयाँदिल्ली पुगेका आफ्ना भाइलाई फोन गरिन् र घटनाबारे बताइन्। 

अर्कोदिन (मे १२) दिदी–भाइ हसनुपर प्रहरीचौकी पुगेर र फरार अपराधीहरूको नाममा उजुरी दर्ता गरे। 

उजुरीलगत्तै प्रहरीले फरारमध्ये केहीलाई नियन्त्रणमा लिई अनुसनधान गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

पीडित युवती देहरादूनकी हुन्। उनी नयाँदिल्लीस्थित कुनै एक कम्पनीमा सुरक्षागार्डको काम गर्थिन्। घटनामा संलग्न अन्य अभियुक्तहरूको पनि खोजी कार्य भइरहेको हसनपुर प्रहरी चौकी इञ्चार्ज राजेश कुमारले बताएका छन्। 

युवतीले बलात्कारका मुख्य अभियुक्त हरियाणाका ‘आकाश’ सँग तीन महिनाअघि मात्रै फेसबुकमार्फत् कुराकानी गर्न थालेकी थिइन्।

प्रकाशित मिति: : 2021-05-19 05:41:00

प्रतिकृया दिनुहोस्