मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
बिएल संवाददाता
ऋतु कनौजियाले उत्कृष्ट बलिङ र ब्याटिङ गरेपछि सुदूरपश्चिम प्रदेश यहाँ जारी ललितपुर मेयर कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ।
सुदूरपश्चिमले मधेस प्रदेशलाई आज सम्पन्न खेलमा सात विकेटले पराजित गरेको हो। ऋतुले अविजित २१ रनको योगदान दिनुका साथै विपक्षी टोलीको दुई विकेटसमेत लिइन्।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्दै मधेस प्रदेशले निर्धारित २० ओभरको खेलमा १९ ओभर खेल्दै सवै विकेट गुमाएर ६५ रन बनायो। सुदूरपश्चिमले ६६ रनको विजयी लक्ष्य १० दशमलव तीन ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। सुदुरपश्चिमको यो लगातार दोस्रो जित हो।
सुदूरपश्चिमका लागि कनौजियाले अविजित २१, रुबी पोदारले अविजित १४ तथा कप्तान विन्दु रावलले १० रनको योगदान दिइन्। बलिङतर्फ मधेसका लागि अनुराधा चौधरी, सरस्वती चौधरी र सन्तोषी चौथरीले एक एक विकेट लिइन्।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मधेसका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५/१५ रन बनाएका थिए। बलिङतर्फ सुदूरपश्चिमका लागि लक्ष्मी साउदले तीन, ऋतु कनौजिया र सम्झना खड्काले दुई दुई तथा इश्वरी विष्ट र कविता जोशीले एक एक विकेट लिइन्।
जितसँगै सुदुरपश्चिमले तीन खेलबाट चार अङ्क जोडेको छ। सुदूरपश्चिम अङ्क तालिकाको दोस्रो स्थानमा छ। मधेस प्रदेश अङ्कबिहीन बन्दै पुछारमा छ।
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
प्रभुको बदमासीः ५० लाख डलर अपचलनको तथ्य बाहिरियो, नियामक निकाय राष्ट्र बैंक मौन
किन्तु परन्तु हैन, चुनावको विकल्प छैन!
बिराएकाे बाटाेबाट माेडिएका ‘वीर’को कथा
‘कुलत’काे कालाे बादल चिरेर झुल्किएका ‘किरण’
कम्युनिष्ट गिरोह की माफिया मण्डली
नेपाल पुनर्संरचना किन?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया