‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
बिएल संवाददाता
माल्दिभ्समा जारी १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपाल र भारतबीचकाे फाइनल खेल हेर्न माल्दिभ्सको राष्ट्रपति कार्यालयले नेपाली कामदारलालाई बिदा दिएकाे छ। राष्ट्रपति कार्यालयले आफ्नो कार्यालयमा कार्यरत नेपालीहरूलाई बिदा दिएकाे हाे।
राजधानी मालेस्थित राष्ट्रपति कार्यलयमा करिब २५ जना नेपाली कामदार कार्यरत छन्।
'फाइनल म्याच हेर्नकाे लागि हामीलाई कार्यलयले विदा दिएकाे छ।' मालेस्थित राष्ट्रपति कार्यलयमा कार्यरत एक नेपाली कर्माचारीले भने,'हामी नेपालकाे समर्थनकाे लागि रङ्गशाल जाँदैछाैँ।'
माल्दिभ्सका विभिन्न क्षेत्रमा काम गर्ने नेपालीकाे बाक्लाे उपस्थिति रहेकाेे छ। विदा पाएसँगै अब उनीहरू पनि खेल हेर्न रङ्गशाला जानेछन्।
साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज नेपाल भारतसँग खेल्दैछ। खेल नेपाली समयअनुसार राति ८:४५ बजे सुरु हुनेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया