मलेसिया बसेर नेपालका युवतीलाई उनीहरूकै नाङ्गो फोटो पठाउने खजुमको साइबर आतङ्क 

केही दिनअघि झापाको दमककी युवतीको 'म्यासेन्जर'मा आफ्नै नाङ्गो फोटो आयो। अपरिचित व्यक्तिको आईडीबाट आफ्नै नाङ्गो फोटो देखेपछि ती युवती खङ्रङ्गै भइन्। 

देखाऊँ आफ्नै नाङ्गो फोटो कसरी देखाउनू ? नदेखाऊँ, त्यो फोटो अरुलाई पठाउला भन्ने डर ! यो कुराले ती युवतीलाई साह्रै तनाव भयो । केही दिन चूप बसिन् । पछि कानुनी उपचार खोज्न प्रहरीमा पुगिन्। 

त्यस्तै, झापा मेचीनगर–२, चारआलीकी अर्की युवतीको पनि हालत उस्तै छ। उनको फोटो त  परपुरुषसँगको सुतेको नाङ्गो फोटो जोडिएर आयो। दमककी युवतीलाई जस्तैगरी नचिनेका व्यक्तिले भटाभट आफ्नै नाङ्गो फोटाहरु पठाउन थाले। 

यी दुई युवती त नमूना उदाहरण मात्र हुन्।

तेह्रथुमको लालीगुँरास नगरपालिकाका एक युवकले मलेसियाबाटै फेशबुक आतङ्क फैलाएको खुलेको छ। ती युवकले मलेसियामा बसेर पूर्वी नेपालका युवतीलाई नाङ्नो तस्वीर पठाउँदै आएका छन्। 

लालीगुँरास नगरपालिकाका प्रकाश लेक्वा खजुमले आफ्नो सुब्बा एभलिन खजुम नामको फेसबुक आईडीमार्फत् अश्लील तस्वीर पठाउनेगरेका छन्। चिनजानसमेत नभएका व्यक्तिलाई ‘म्यासेन्जर’मार्फत् नाङ्गो फोटो बनाएर पठाउने गरेको खुलेको छ। 

दिनदिनै उनले नयाँ–नयाँ व्यक्तिलाई त्यसरी अश्लील फोटो/भिडियो बनाएर पठाउन थालेपछि पीडितहरुले समूह नै बनाएर कानुनी उपचारमा लाग्ने तयारी गरेका छन्।
करिब ५० जनाले फेसबुकमा ‘आपराधिक गिरोहविरुद्धको छलफल’ ग्रूप नै बनाएका छन्। के परिचत, के अपरिचित ? के महिला, के पुरुष ? सबै खजुमको अपराधको निशानामा परेका छन्। 

त्यस्तै खजुमले नमरेको व्यक्तिको 'समवेदना-पत्र' बनाएरसमेत पठाउनेगरेका छन्। 
त्यति मात्र हैन, खुजुमले आफूले मन नपराएका र विरोध गर्ने व्यक्तिको कुरूप अनुहार बनाइदिने र शरीरमा दिसा दलेको फोटो बनाइदिने समेत गर्दै अएका छन्।

खुजुमले सर्वसाधारणलाई त तनाव दिए नै, उनले सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक आइन्द्र लिम्बूलाई पनि बाँकी राखेनन्। खजुमबाट आफु ‘साइबर तनाव’ झेलिरहेको बताउछन्। दमक –१ का विशाल गुरुङलगायतले पनि खजुमको हर्कतले पीडित बनेको गुनासो गरे।

प्रकाशित मिति: : 2021-06-10 18:38:00

प्रतिकृया दिनुहोस्