सदर चिडियाखानामा थपियो अर्को गैंडा

Break n Links
Break n Links

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा एउटा गैंडा थपिएको छ।

बिहीबार विश्व वातावरण दिवसका अवसरमा चितवनबाट ल्याइएको गैंडालाई  चिडियाखानामा राखिएको हो।

चिडियाखानामा एउटा मात्रै गैंडा भएपछि अर्को तीन वर्षको गैंडा ल्याइएको हो। वन मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको प्रयासमा ल्याइएको गैंडा बिहीबारदेखि नै प्रदर्शनमा राखिएको छ।

प्रकाशित मिति: : 2025-06-05 15:13:00

प्रतिकृया दिनुहोस्