सञ्चारकर्मी सञ्चार सहकारीद्धारा मोरङका ६ पत्रकार पुरस्कृत

सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा मोरङ्गका ६ पत्रकार पुरस्कृत भएका छन्।

मोरङ्ग कार्यक्षेत्र बनाई पत्रकारिता गरिरहेका मोहम्मद सदरुल, अनन्तराज न्यौपाने, मीनकुमार श्रेष्ठ, तारा आर्चाय, एलिना दियाली र राजकुमारी तामाङ पुरस्कृत भएका हुन्। उनीहरुलाई राष्ट्रिय समाचार समितिकी पुर्व कर्मचारी मीना श्रेष्ठद्धारा स्थापित ‘मीना श्रेष्ठ परिश्रमी महिला पत्रकार पुरस्कार–२०७७’ ले पुरस्कृत गरिएको हो। आईतबार प्रदेश नं. १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले उनीहरुलाई नगद र कदर पत्रसहित पुरस्कृत गर्नुभएको हो।

पत्रकारिता जगतको पेशागत मर्यादालाई कायम राख्दै समाज रुपान्तरणमा पु¥याएको योगदानको कदर गर्दै सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले कारोबार दैनिकका मीनकुमार श्रेष्ठ र बिजमाण्डुका अनन्तराज न्यौपानेलाई ५०–५० हजार, राष्ट्रिय समाचार समितिका प्रदेश १ प्रमुख मोहम्मद सदरुल र न्युज २४ टेलिभिजनकी तारा आर्चायलाई २१–२१ हजार तथा रेडियो सिम्रिककी एलिना दियाली र निगरानी टाईम्सकी राजकुमारी तामाङलाई १०–१० हजार नगद पुरस्कार प्रदान गरेको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का प्रदेश प्रमुख प्यासीले पत्रकारहरु आलोचना र दुःखका सारथी भएको बताए। उनले समाजलाई सिर्जनशील बनाउन पत्रकारहरुको उल्लेख्य भुमिका रहेको जिकिर गरे।

वि.सं. २०६९ सालमा मोरङका पत्रकारहरुद्धारा स्थापित सञ्चारकर्मी सञ्चार सहकारी संस्थाले भने बार्षिक ५० लाखको कारोबार गर्दै आएको छ। हाल यस संस्थामा १ सय ५ जना सदस्यहरु रहेका छन्।

प्रकाशित मिति: : 2021-07-11 19:58:00

प्रतिकृया दिनुहोस्