यातायात व्यवसायी र मजदूर संगठनको चेतावनी : असार १८ बाट देशैभरी यातायात चलाउँछौ

File Photo
File Photo

यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय समान नभएको भन्दै सच्याउन आग्रह गरेका छन्।

‘सरकारले एकांकी रुपमा असार १५ गतेबाट सवारी सञ्चालन गर्ने विषयमा गरिएकाे अव्यवहारिक निर्णय सच्याउन आग्रह गर्दछौं।, सुचारु गरिएको अवस्थामा सरकारले गरेको निर्णयले गम्भीर संकट उत्पन्न हुने देखिन्छ। तसर्थ,तत्काल उक्त निर्णयलाई सच्याउदै सबै प्रकारका र देशैभरीका सार्वजनिक सवारी साधनहरु लामो दुरी, मध्यम दूरी र छोटो दुरी सञ्चालन अनुमतिका लागि अनुरोध गर्दछौं’ नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनकाे संयुक्त  विज्ञप्तिमा भनिएकाे छ।  

यदी आफ्नाे अनुरोधलाई सुनुवाई नगरिए असार १८ गतेदेखि देशैभरीका सम्पूर्ण सार्वजनिक सवारीका साधनहरु आवश्यक स्वास्थ्य मापदण्ड अपनाई सञ्चालन गर्ने विज्ञप्तीमा भनिएकाे छ। 

प्रकाशित मिति: : 2021-06-28 18:24:00

प्रतिकृया दिनुहोस्