कोरोना महामारीका कारण बन्द भएको अन्तराष्ट्रिय तथा आन्तरिक उडान अब सुचारु हुने भएका छन्।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले सम्पुर्ण हवाई उडानहरु खोल्ने निर्णय गरेको हो। सरकारले केही शर्तसहित गन्तव्य र वायुसेवा कम्पनीअनुसार कोटा तोकेर हवाई उडान खुलाउने निर्णय गरेको बताइएको छ।
अन्तराष्ट्रियतर्फ पुरै खुले पनि आन्तरिकभने कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन हुनेछ। यसको तालिका र मिति भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तय गर्नेछ।
काेटा अनुसार निम्न उडान हुने छन् :
काठमाडौँ–दोहार रुटमा नेपाल वायुसेवाको दुई उडान र कतारको वायुसेवाको दुई गरी हप्तामा चार उडान हुनेछ।
काठमाडौँ–इस्तानबुल रुटमा टर्कीको वायुसेवाबाट हप्तामा २ उडान हुनेछ।
काठमाडौँ–दुबई रुटमा नेपाली वायुसेवाको २ उडान र संयुक्त अरब इमिरेट्सबाट सम्बन्धित मुलुकको वायुसेवाको २ गरी हप्ताको चार उडान हुनेछ।
काठमाडौँ–दमाम रुटमा नेपाली वायुसेवाको हप्तामा २ उडान हुनेछ।
काठमाडौँ–कुवेत सिटी रुटमा कुवेतको वायुसेवाको हप्तामा २ उडान हुनेछ।
काठमाडौँ–मस्कट रुटमा ओमानको वायुसेवाको हप्तामा १ उडान हुनेछ।
काठमाडौँ–क्वाललम्पुर रुटमा नेपाली वायुसेवाको हप्तामा २ उडान हुनेछ र मलेसियाको वायुसेवाको २ गरी हप्तामा ४ उडान हुनेछ।
काठमाडौँ–सियोल रुटमा दक्षिण कोरियाको वायुसेवाबाट हप्तामा १ उडान हुनेछ।
काठमाडौँ–टोकियो रुटमा नेपाली वायुसेवाको हप्तामा १ उडान हुनेछ।
काठमाडौँ–छेन्दु र काठमाडौँ–ग्वानझाओ रुटमा नेपाली वायुसेवाको १–१ र चीनको वायु सेवाको १–१ गरी हप्तामा २–२ उडान हुनेछ।