प्रतिनिधिसभा विघटनविरुद्धका रिटहरुमाथि सुनुवाइ गर्न गठित संवैधानिक इजलास स्थगित भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको स्वास्थ्यमा समस्या देखिएपछि आज बस्ने भनिएको संवैधानिक इजलास स्थगित भएको हो।
प्रधानन्यायाधीशका अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने संवैधानिक व्यवस्थानुसार उनको अनुपस्थितिमा इजलास सञ्चालन हुँदैन।
सर्वोच्च अदालत स्रोतका अनुसार बुधबारमात्र संवैधानिक इजलास बस्ने भएको छ।
प्रधानन्यायीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा आजका लागि राखिएको थियो।
इजलास गठनकै विवादमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ प्रारम्भ हुन सकेको छैन। उक्त विवादमा ३० वटै रिट निवेदन परेका छन्।