गृहले मुख खोल्योः बाँके घटनाका दोषीलाई कडा कारवाही हुन्छ

गृह मन्त्रालयले बिहीबार बाँकेको भेरी अस्पतालमा भएको घटनाको छानबिन गर्न समिती गठन गरेको छ।

गृहमन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार घटनाको छानविनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिति पनि बनाइएको छ।

गृहले स्वास्थ्यकर्मी कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारवाही गर्ने जनाएको छ।



आक्रमणको विरोधमा भेरी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणप्रति माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण



गृहले शुक्रबार विज्ञप्ति जारी गरी घटनाका दोषीलाई पत्ता लगाएर कानुनी दायरामा ल्याउने र त्यसका लागि गृहमन्त्रालयले समिती बनाएर अनुसन्धान अघि बढाउन जिल्ला प्रशासन कार्यालय बाँकेलाई निर्देशन समेत दिएको छ।

स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नु गम्भीर अपराध भएको भन्दै गृहले त्यस्तो कार्यमा संलग्नलाई कानुनी कारवाही हुने बताएको हो।

‘कोभिड महामारीको यो विषम अवस्थामा बिरामीको उपचारमा खटिएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि हातपात र दुर्व्यवहार हुनु निन्दनीय कार्य हो।’ गृह प्रवक्ता जनकराज दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

देउवाले भने- ‘स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा कारबाही गरियाेस्’

भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण,झ्यालबाट हाम्फालेर  ज्यान बचाए



स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतलाई पक्राउ गरिएको बाँके प्रहरीले जाएको छ।

पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाइएको गृहले जनाएको छ।

प्रकाशित मिति: : 2021-05-28 14:09:00

प्रतिकृया दिनुहोस्