भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण, झ्यालबाट हाम्फालेर  ज्यान बचाए

बाँकेको भेरी अस्पतालमा बिहीबार राति स्वास्थ्यकर्मीमाथि आक्रमण भएको छ। 

उपचारका क्रममा एक संक्रमितको मृत्यु भएपछि मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेको अस्पतालले जनाएको छ।

भेन्टिलेटरमा उपचाररत दाङका ५४ वर्षीय संक्रमितकाे मृत्यु भएपछि आफ्नतले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका हुन्। 

आफन्तले अस्पतालमा तोडफोड गर्दै स्वास्थ्यकर्मीमाथि आक्रमण गर्न थालेपछि ४ जना चिकित्सकले झ्यालबाट तल्लो तलामा हाम्फालेर ज्यान बचाएको अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. प्रकाशबहादुर थापाले बिएल नेपाली सेवालाई बताएका छन्। 


काठमाडौंमा निषेधाज्ञा कडाई गर्दै प्रशासन, भोकै बस्ने अवस्था आए प्रहरीलाई फोन गर्नुहोस् (भडियाेसहित)

थापाका अनुसार करिब साढे ९ बजेतिर  कोभिड वार्डमै आएर स्वास्थ्यकर्मीमाथि कुटपिट गर्न थालेपछि ज्यान जोगाउन स्वास्थ्यकर्मीहरुले एक तला माथिबाट हामफालेका हुन्। 

आक्रमण हुन लागेपछि अस्पतालका डा. चन्द्र प्रकाश साहु, स्टाफ नर्स अश्विनी गुरुङ, सदीक्षा गैर र बन्दना श्रेष्ठले ज्यान जोगाउनका लागि अस्पतालको एकतला माथिबाट हामफालेका थिए।

मृतकका आफन्तले वार्डभित्रै प्रवेश गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रम गरेपछि अस्पतालमा तनाव सिर्जना भएको छ। अस्पताललाई अहिले प्रहरीले सुरक्षा दिएको छ। 
 

प्रकाशित मिति: : 2021-05-28 00:54:00

प्रतिकृया दिनुहोस्